0 Meanings
Add Yours
Follow
Share
Q&A
Video

Mera Mitha Chhyan - Nepali Lyrics

मेरा मीठा क्षणहरुलाई रोकेर, तिम्रै प्रतीक्षा गर्दैछु
बिताएका ती पलहरुलाई सम्झिदै, खाली पानामा भर्दैछु

झलकिन्छौं एकपल, बिलिन हुन्छौं फेरी
लेख्दा लेख्दै मेरो शब्द हराएसरी
टिमटिम तारा घुम्छन् तिम्रो वरिपरि
लाग्छ मलाई चन्द्रमा त तिम्रै छवि

तिमी आउने आशामा हरदिन कुरेर, संध्या बनी म ढल्दैछु
मेरा मीठा क्षणहरुलाई रोकेर, तिम्रै प्रतीक्षा गर्दैछु

साचेर राखेका सबै मेरा सारा
पोख्छु तिमीलाई नै मेरो यो अथाह माया
मेरा हरेक पाईला अगाडि बढ्दा बढ्दै
लाग्छ तिमी साथमा हिंड्छौं बनी छाया

तिमी तिमी तिमी
तिमी अजर , तिमि नूर
सधै फुल्ने तिमी फुल
नाम, तिमी शान
तिमी नै हौ मेरो इनाम

तिमी रूप, तिमी साँस
तिमीनै जल, तिमी प्यास
लत, तिमी जाम
तिमीनै हौ मेरो आराम

छाएको छौ तिमीनै मेरा यी नयनमा
0 Meanings

Add your song meanings, interpretations, facts, memories & more to the community.

Add your thoughts...
Video